लाजिम्पाटको सिटी होटलमा भारतीय युवकको शव भेटियो
प्रकाशित मिति : फाल्गुन ४, २०७४ शुक्रबार
फागुन ४, काठमाडौं । नेपाली केटी साथीको बिहेमा सहभागी हुन नेपाल आएका एक भारतीय युवक लाजिम्पाटको होटलमा मृत भेटिएका छन्। भारतको कलकत्ता घर भएका सयन घोषाल मृत भेटिएका हुन्।
बिहिबार राती उनी लाजिम्पाटको सिटी होटलमा बसेका थिए। बिहान ढिलासम्म ढोका नखुलेपछि होटलका कर्मचारीले ‘माष्टर कि’मार्फत ढोका खोली हेर्दा उनी मृत अवस्थामा भेटिएपछि प्रहरीलाई खबर गरेका थिए।
मृत्युको कारण खुल्न नसकेको महानगरीय प्रहरी वृत्त लैनचौरका डिएसपी दीपक पोखरेलले बताए। शव पोष्टमार्टममा पठाएर प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ।
अमेरिकामा रहदा नेपाली युवतीसँग उनी साथी भएका थिए। तीनै साथीको बिहेमा सहभागी हुन नेपाल आएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।








