बौद्ध महायानी धर्मावलम्वीहरुले शुक्रबार ल्होछार अर्थात नयाँ वर्ष मनाए (फोटो फिचर)


प्रकाशित मिति : फाल्गुन ४, २०७४ शुक्रबार

बौद्ध महायानी धर्मावलम्वीहरुले शुक्रबार ल्होछार अर्थात नयाँ वर्ष मनाए। शेर्पा समुदायले ग्याल्बो ल्होछार पर्व मनाएका हुन्। सरकारले माघ ४ गते नै सोनाम ल्होछारको विदा दिए पनि केही तामाङ समुदायले आफूहरुको तिथि र पात्रोअनुसार नमिलेको भन्दै मनाएका थिएनन्। उनीहरुले पनि शुक्रबार नै ल्होछार मनाए। ल्योसारको अवसरमा सरकारले सार्वजनिक विदा पनि दिएको छ। यसअघि माघ ४ गते पनि सरकारले सार्वजनिक विदा दिएको थियो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com