बहिनीको बलात्कार पछि हत्या, दुई वर्षिया बालिका समेत बलात्कृत


प्रकाशित मिति : फाल्गुन ४, २०७४ शुक्रबार

सप्तरीमा एक युवकले ११ वर्षिया बहिनीको बलात्कार गरि हत्या गरेका छन् । हत्या भएको ९ दिनपछि सप्तरी प्रहरीले सो घटना सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय सप्तरीले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि उक्त घटना सम्बन्धमा बिस्तृत जानकारी दिदैं हत्याका आरोपी समेतलाई सार्वजनिक गरेको छ ।

जिल्लाको खडक नगरपालिका वडा नं. ९ लालपट्टी निवासी राजकुमार मण्डलकी ११ वर्षिया छोरी पार्वती कुमारी मण्डललाई माघ २५ गते साँझ ५ बजे ठूलोबुबाका छोरा १८ वर्षिय राजदेव मण्डलले बलात्कारपछि हत्या गरेको प्रहरीले जनाएको छ ।

घटना भएको ५ घण्टापछि मात्र प्रहरीले थाहा पाएपछि घटना बारे बिस्तृत अनुसन्धान सुरु गरेको सप्तरीका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले जानकारी दिएका छन् ।

माघ २५ गते साँझ ५ बजेतिर पार्वतीले टाउको दुखेको भनेपछि उनकी आमा औषधी खरीद गर्न पसल गएको मौका छोपी राजदेवले सुतिरहेकी पार्वतीलाई बलात्कार गरेको र पछि पावर्तीले कराउन थालेपछि राजदेवले घाटीमा तुना बेरेर उनको हत्या गरेको प्रहरी उपरिक्षक सिंहले जानकारी दिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस्तै जिल्लाको छिन्नमस्ता गाउँपालिका निवासी २ वर्षिया एक बालिकालाई सोही स्थानका १२ वर्षिय नाबालकले बलात्कार गरेको घटना समेत प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार ती बालिकाको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचार भइरहेको तथा बालकलाई प्रहरीले हिरासतमा राखेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com