ओली र प्रचण्डबीच आज ‘वान टु वान’ वार्ता


प्रकाशित मिति : फाल्गुन ४, २०७४ शुक्रबार

पार्टी एकता र सरकार सञ्चालनबारे देखिएका जटिलता फुकाउन एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज वान टु वान वार्ता हुने भएको छ ।

पार्टी एकताका लागि अन्तिम तयारीमा रहेका दुई दलका शीर्ष नेताहरुबीच गत बुधबार भएको सैद्धान्तिक विषयमा विवाद सिर्जना भएको छ । यो विवादसँगै माओवादी केन्द्रले सरकारलाई समर्थन गरे पनि मन्त्री नपठाउने जनाइसकेको छ ।

एमालेका नेताहरुले जनताको बहुदलीय जनवाद एकतापछि पार्टीको सिद्धान्त हुने बताएपछि माओवादी केन्द्रका नेताहरु हच्किएका थिए । त्यसपछि हिजो प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन जनाएपनि कोही मन्त्री पठाएको छैन ।

पार्टी एकता र सरकार गठनका विषयमा ओली र प्रचण्डबीच आज दिउँसो ४ बजेपछि वान टु वान वार्ता हुने भएको छ । वार्तामा पार्टी एकताका लागि देखिएका सैद्धान्तिक विवादको समाधान कसरी गर्ने र सरकारमा कसरी कोको पठाउने भन्ने विषय छलफल हुने बताइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com