पार्टी अध्यक्ष र प्रधानमन्त्री आलोपालोको सहमति : दाहाल


प्रकाशित मिति : फाल्गुन ३, २०७४ बिहीबार

 

राजकुमार कार्की

माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकार तथा पार्टी आलोपालो सञ्चालन गर्ने सहमति भएको खुलासा गरेका छन् ।

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सिन्धुलीको कपिलाकोटमा कृषि संकायतर्फको मरिण प्राकृतिक स्रोत व्यवस्थापन क्याम्पसको भवन शिलान्यास तथा बीएस्सी एजीतर्फको चार वर्षे कक्षाको बिहीबार उद्घाटन गर्दै अध्यक्ष दाहालले पार्टी तथा सरकार आलोपालोको सहमतिपछि केपी ओलीको नेतृत्वमा सरकार बनेको दाबी गरे । सरकार आलोपालो र पार्टी पनि आलोपालो पद्धतिबाटै सञ्चालन हुने अध्यक्ष दाहालको भनाइ थियो ।
पार्टी एकीकरणपछि मात्रै माओवादी केन्द्रका मन्त्रीहरु सरकार जाने उनले खुलाए । उनले पार्टी अध्यक्ष पहिला को बन्ने भन्ने खुलाएनन् । ‘अब नेतृत्वको समस्या रहेन’, उनले भने,‘महाधिवेशन नहुन्जेल आलोपालोमै बुधबार सहमति भइसकेको छ ।’
दरबन्दी समस्या रहेको कृषि संकायमा सुनाएपछि अध्यक्ष दाहालले ओलीले शपथ ग्रहण गरेलगत्तै तात्तातै त्यसको व्यवस्थापन गर्न अनुरोध गर्ने बताएका थिए । हेलिकप्टरबाट आएका उनले अनुसन्धानमूलक कार्यमा सरकार उदासिन हुने गरेको र अबका दिनमा त्यस्तो नहुने बताए । चार वर्षे बीएस्सी एजीको कक्षाको उद्घाटनमा अध्यक्ष दाहालले शिक्षाको नीतिमा आमुल परिवर्तन गर्दै व्यावसायिक र प्राविधिक शिक्षालाई अगाडि बढाउनु पर्ने खाँचो औल्याए ।
शिक्षालाई उत्पादनमूलक बनाइ जनजीवनसँग जोड्न अध्यक्ष दाहालको आग्रह थियो । कृषि तमथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति ईश्वरी ढकालले प्रविधिको विकास गर्न अनुसन्धान हुनुपर्ने तर न्यून वजेटका कारण समस्या उत्पन्न भएको बताएका छन् । चार हजार दुइ सयले कृषि अध्ययन गर्नका लागि आवेदन दिएकोमा कर्मचारी दरबन्दी अभावका कारण देशभरमा २६५ मात्रले कृषि संकायमा भर्ना पाएको उनको भनाइ थियो ।
शिक्षाविद् सुरेशराज शर्माले प्राविधिक तथा व्यावसायिक शिक्षाले मात्र मुलुकको समृद्धि सम्भव भएकाले पोलिटेक्निकल विश्वविद्यालय स्थापना हुनु पर्नेमा जोड दिए । त्यस्तै अर्का शिक्षाविद् विद्यानाथ कोइरालाले विद्यालय तहदेखि नै प्राविधिक शिक्षामा सरकारको ध्यान जानुपर्ने बताए ।
मरिणगाउँपालिकामा रहेको कपिलाकोट माविको भवनमा रहेको कृषि संकाय जग्गा व्यवस्थापन भए पनि भवन छैन । सदरमुकामबाट २७ किलोमिटर दूरीमा रहेको कपिलाकोटमा विद्यार्थीहरु होस्टेल नभएकाले डेरा लिएर अध्ययन गर्नेछन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com