नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले दौरा सुरुवाल र साडी चोलीमा आउन सांसदलाई निर्देशन


प्रकाशित मिति : फाल्गुन ३, २०७४ बिहीबार

फागुन ३, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको संसदीय दललाई मर्यादित पोशाकको साथ सपथ ग्रहणमा उपस्थित हुन आह्वान गरेका छन्।

पहिरन कहाँ र कस्तो अवस्थामा भन्ने हुन्छ, ओलीले सम्बोधन गर्दै भने, संकीर्ण हुन खोजेको होइन तर ख्याल गर्नु । उनले थप प्रस्ट्याए पुरुषहरु दौरासुरुवाल, कोट, टोपीमा आउनुस्। महिलाहरु सकभर साडी चोलोमा आउनुस्।

सम्बोधनकै क्रममा ओलीले पोशाकसँगै सांसदहरुलाई आफ्नो विषयमा कमाण्ड हुने गरी अध्ययन गरेर आउन भन्दै जनताले आफुहरुलाई ठूलो आशा भरोसाका साथ जिम्मेवारी सुम्पेको र इमान्दारिताका साथ काम गरेर देखाउन पर्ने चुनौती थपिएको बताए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com