देउवा सरकारले राजीनामा दिएको २० मिनेटमै नेप्सेमा वृद्धि


प्रकाशित मिति : फाल्गुन ३, २०७४ बिहीबार

फागुन ३, काठमाडौं । लामो समयसम्म ओरालो लागेको नेप्से परिसूँचक देउवा सरकार बर्हिगमनसँगै २० मिनेटमै एकोहोरो बढेर १४ सय ६ विन्दुमा पुगेको छ ।
नेप्सेमा १७ अंकको वृद्धि भएको छ । कारोबारमा आएका सबै समूहको परिसूचक बढेको छ ।

राजनीतिक आडमा बढेको बजारमा ठुला लगानीकर्ताले मात्र कमाइ गर्ने लगानीकर्ताहरु बताउछन् ।

‘बजारको वृद्धिमा नितान्त राजनीतिक कारण छ,’ नेपाल सेयरलगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले भने । सरकारबाट आवश्यक सम्बोधन नभएमा भने यसको लाभ ठुलालेमात्र लिन पाउने अर्यालको भनाई छ ।

उनी बजारप्रति सरकारको आधिकारिक धारणा आउन पर्ने, सरकारले पुँजी बजार बिकासको लागि सहजीकरण गर्नुपर्ने बताउँछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com