फागुन २, जाजरकोट । जिल्लाको भेरी नगरपालिका –२, तातापानीमा मासु पकाउँदै गरेको
प्रेसर कुकर विस्फोट हुँदा १ जना गम्भीर घाइते भएका छन् ।
विस्फोटमा ३० वर्षीय गोविन्द बाँठा गम्भीर घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय, जाजरकोटले मासु पकाउँदै गरेको प्रेसर कुकर विस्फोट हुँदा बाँठा घाइते भएको जनाएको छ ।
उनको आँखामा गहिरो चोट लागेको छ । जिल्ला अस्पताल जाजरकोटमा उपचारका लागि लगिए पनि त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको जिल्ला अस्पताल जाजरकोटले जनाएको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।