प्रधानमन्त्री देउवाद्वारा राजीनामाको घोषणा ,राजिनामा दिन राष्ट्रपति कार्यालय जादै ।


प्रकाशित मिति : फाल्गुन ३, २०७४ बिहीबार

प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा दिनुभएको छ । राष्ट्रको नाममा सम्बोधन गर्दै उहाँले पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको हो ।

उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा बुझाउनुहुनेछ । देउवा गएको जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको थियो ।
देउवाको राजीनामापछि राष्ट्रपतिले आजै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने सम्भावना छ ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सरकार गठनका लागि राष्ट्रपतिसमक्ष दाबी पेस गरिसकेका छन् । संविधानअनुसार निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष चुनावको परिणाम बुझाएपछि स्वतः नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com