ओली र प्रचण्ड राष्टपति कार्यालयमा, तत्कालै ओली प्रधानमन्त्री नियुक्त हुने


प्रकाशित मिति : फाल्गुन ३, २०७४ बिहीबार

काठमाडौं ३ फागुन । एमाले अध्यक्ष तथा नवनिर्मित नेकपाका प्रमुख नेता केपी शर्मा ओली केही बेरमा प्रधानमन्त्री नियुक्त हुने भएका छन् ।

राष्टपति कार्यालय स्रोतले दिएको जानकारी अनुसार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरियोस् भन्ने औपचारिक पत्र लिएर ओली र प्रचण्ड केही बेरमा शितल निवास पुग्दैछन् । त्यस लगत्तै राष्टपतिले दुई दलको समर्थनमा संसदमा बहुमत प्राप्त सदस्य केपी शर्मा ओलीलाई मुलुकको ४१ औं प्रधानमन्त्री नियुक्त गर्नेछिन् ।

आजै नवनियुक्त प्रधानमन्त्री ओलीको सपथ ग्रहण हुनेछ । सपथ ग्रहण लगत्तै ओलीले ३ सदस्यीय मन्त्रिमण्डल गठन गर्ने तयारी रहेको एमाले स्रोतले बताएको छ ।

Source : ABC

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com