प्रदेश १ को मुख्यमन्त्रीमा शेरधन राई नियुक्त


प्रकाशित मिति : फाल्गुन २, २०७४ बुधबार

फागुन २, विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता शेरधन राई नियुक्त भएका छन् ।

आज प्रदेश प्रमुख डा. गोविन्द सुब्बाले राईलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । संविधानको धारा १६८ को उपधारा १ अनुसार उनलार्य मुख्यमनत्रीमा नियुक्त गरिएको हो । प्रदेशसभामा बहुमत प्राप्त संसदीय दलका नेता मुख्यमन्त्री नियुक्त गर्ने कानुनी व्यबस्था छ ।

९३ सदस्यीय प्रदेशसभामा एमालेको एमालेको ५१ सांसदसहित एकल बहुमत छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com