फागुन १, मोरङ । मोरङको धनपालथान गाउँपालिका–६ स्थित रंगेली– विराटनगर सडकखण्डमा ट्रयाक्टरको ठक्करले मंगलबार साँझ एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुनवर्षी नगरपालिका घर भएका १९ वर्षीय मनिष सुवेदी छन् । विराटनगरबाट रंगेलीतर्फ आउँदै गरेको को १० प ९६३९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको नम्बर खुल्न नसकेको ट्रयाक्टरले ठक्कर दिँदा गम्भीर घाइते भएका सुवेदीको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ ।
सुवेदी मोटरसाइकलको पछाडि बसेका थिए । मोटरसाइकलका चालक भने सकुशल छन् । ठक्कर दिने ट्रयाक्टरसहित चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।