नेकपा एमाले अध्यक्ष ओली र भारतीय राजदूत पुरीबीच भेटवार्ता


प्रकाशित मिति : फाल्गुन १, २०७४ मंगलबार

फागुन १, काठमाडौं । मंगलबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भारतीय राजदूत मन्जिभसिंह पुरीले भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा ओली र पुरीबीच भेटघाट भएको हो ।

त्यस क्रममा ओलीले वाम गठबन्धनले केही दिनमै सरकार गठन गर्ने र त्यससँगै पार्टी एकता पनि अघि बढ्ने बताउँदै विकासमा सहकार्य गर्न पुरीलाई आग्रह गरे । पुरीले ओलीलाई महाशिवरात्रिको शुभकामनासमेत दिएका थिए ।

चुनावी परिणामले वाम गठबन्धनको सरकार निश्चित भएसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भावी प्रधानमन्त्रीका रूपमा चर्चामा रहेका ओलीसँग दुई पटक टेलिफोन वार्ता गरी सहकार्य गर्न भारत उत्साही रहेको बताएका थिए । त्यही क्रममा भारतीय प्रधानमन्त्रीको विशेष सन्देश लिएर भारतीय विदेशमन्त्री सुष्मा स्वराज पनि दुई साताअघि काठमाडौं आई ओलीसँग लामो वार्ता गरेकी थिइन् ।

यति बेला भारतीय सेनाध्यक्ष विपिन राउत पनि काठमाडौंमा छन् । उनी सेना दिवसमा विशेष अतिथिका रूपमा काठमाडौं आएका हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com