एमाले–माओवादी बीच एकताको खाका बन्यो, घोषणा हुन बाँकी


प्रकाशित मिति : फाल्गुन १, २०७४ मंगलबार

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकीकरणको मोडल टुंगो लगाएका छन् । सोमबार बिहान भएको वान टु वान वार्तामा ओली र दाहालले दुवै पार्टीका नेता–कार्यकर्ताले अपमान महसुस नगर्ने गरी नेतृत्व व्यवस्थापनदेखि संगठनको व्यवस्थापनको मोडालिटीलाई अन्तिम रूप दिएका हुन् ।

नेतृत्वको विषयलाई लिएर एमाले र माओवादीबीचको एकतामा दरार आएको प्रचार तीव्र बनाएपछि ओली र दाहालले दैनिकजसो गृहकार्य गर्दै वार्ता जारिराखेका थिए । यसैक्रममा सोमबार मानभवनस्थित व्यापारी शारदा अधिकारीको घरमा बसेको वान टु वान वार्तामा एमाले अध्यक्ष ओलीले चार ओटा विकल्पसहित पार्टी एकता मोडालिटीबारे खुलस्त प्रस्ताव राखेका थिए ।

ओलीको प्रस्तावलाई नै बल पुग्ने गरी दाहालले नेतृत्वदेखि नेता र संगठनको विषयमा समेत खुलस्त प्रस्ताव राखेपछि दुवै नेता उत्साहित बनेका हुन् । ओली र दाहालले एकता गृहकार्य टुंगोमा पुगेको निष्कर्ष निकाल्दै यस विषयमा पार्टीमा थप गृहकार्य गर्दै मंगलबारको वार्तामा ठोस आकार दिई एकता संयोजक समिति बैठकमार्फत सार्वजनिक गर्ने निर्णय लिएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दुवै नेताले अन्तिम विकल्प के हो भन्ने जानकारी कसैलाई पनि दिएका छैनन् । ‘एकता वार्ता निष्कर्ष उन्मुख छ, सहमति जुटेको छ, थप गृहकार्यपछि सार्वजनिक हुन्छ, आजको वार्ता अत्यन्तै सकारात्मक रह्यो, एमाले–माओवादीबीच वार्ता भाँडियोस् भन्नेहरूको चाहना पूरा नहुने भयो,’ एमाले अध्यक्ष ओलीको भनाइ उधृत गर्दै उनका एक सहयोगीले भने । दाहालले पनि ओलीकै जस्तो सहमति जुटेको प्रतिक्रिया दिएका छन् । ‘अब पार्टी एकता निष्कर्षतिर पुगेको छ । दुई÷तीन दिनमा टुंगिन्छ,’ दाहालको भनाइ छ ।

स्रोतका अनुसार भाषामा जे लेखिए पनि अहिले अभ्यास गरिरहेको प्रणालीलाई सिद्धान्तका रूपमा मानेर जाने सहमतिमा करिबकरिब टुंगो लागेको छ । एमाले–माओवादीबीच दुवै अध्यक्ष, सहअध्यक्ष, कार्यवहाक अध्यक्ष, राजनीतिक वैचारिक कमान्डरसहित सर्वोच्च नेता–अध्यक्ष, एकता समिति संयोजक लगायतका विभिन्न मोडालिटीमा छलफल भएको थियो । यी मोडालिटीमध्ये कुनमा सहमति जुट्यो भन्ने विषयमा ओली र दाहाल दुवैले कसैलाई जानकारी दिएका छैनन् । ओली प्रधानमन्त्री हुने विषयमा भने कुनै द्विविधा नरहेको दाहालले जानकारी दिएका छन् । ‘प्रधानमन्त्री ओली नै हो भन्नेमा छलफल गर्न आवश्यक नै छैन, यो कुरा टुंगिसकेको विषय हो,’ दाहालको भर्ना उधृत गर्दै खुमलटार स्रोतको भनाई उधृत गर्दै आजको सौर्य दैनिकमा समाचार छ ।

सोमबारको वार्तामा फागुन पहिलो साता नै पार्टी एकता गरिसक्ने सहमतिसमेत दुई नेताबीच भएको छ । ‘दुवै अध्यक्षले फागुन पहिलो साता पार्टी एकीकरण गर्ने सहमति गरेको कुरा छ,’ खुमलटार स्रोतले भन्यो । पार्टी एकीकरणको नेतृत्व र मोडालिटीबारे मंगलवारको वार्तामा टुंगो लगाएर त्यसपछि पार्टी एकता संयोजन समितिको बैठक बसेर पार्टी एकताको विषयमा कुरा टुंग्याउने सहमति पनि भएको छ ।

सोमबारको छलफलमा दुवै अध्यक्ष ६-७ फागुनपछि सरकार गठन प्रक्रिय अघि बढ्ने भएकोले फागुन पहिलो साता नै पार्टी एकतामा जोड दिएका हुन् । नेताहरूले सहमति गोप्य राखे पनि विभिन्न विकल्प राखेर यस्तो सहमति भयो भन्ने क्रम भने जारिरहेको छ । यसलाई दुवै नेताले एकता बिथोल्न सबै ‘ओली–प्रचण्ड’ बनेको टिप्पणी गरेका छन् ।

ओलीसँगको बार्तामै दाहालले प्रदेश–३ का संसदीय दलका नेता सालिकराम जमरकट्टेललाई मन्त्रीको शपथ लिन निर्देशन दिएका थिए । एकता वार्ता लगभग सहमतिमा पुगेको भन्दै प्रदेश सरकारमा जान दाहालले निर्देशन दिएका हुन । उनको निर्देशनलगत्तै जमरकट्टेलले मन्त्रीको शपथ लिएका छन् । ‘अब सबै प्रदेशमा माओवादीको तर्फबाट मन्त्रीहरू सामेल हुनेछन् । एकताका विषयमा रहेको आशंका अब सकिएको छ,’ दाहालले सबै प्रदेशका नेतालाई निर्देशन दिँदै भनेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com