पार्टी एकता केही दिनमै निश्कर्षमा, सबै प्रदेशमा प्रचण्डको फोन गयो


प्रकाशित मिति : माघ २९, २०७४ सोमबार

काठमाडौं २९ माघ । एमाले माओवादीबीचको पार्टी एकताका विषयमा अनेक खालका अफबाह चलिरहेका बेला आज विहान भएको दुई अध्यक्षबीचको छलफलपछि छिटै पार्टी एकता गर्ने सहमति भएको छ । छलफलपछि प्रचण्डले भने ‘अब पार्टी एकता निश्कर्षतिर पुगेको छ ।

दुई तिन दिनमा टुंगिन्छ ।’ एबीसीसंगको प्रतिक्रियामा प्रचण्डले भने ‘अब सबै प्रदेशमा माओवादीको तर्फबाट मन्त्रीहरु सामेल हुनेछन् । एकताका बारेमा रहको आशंका हटेको छ ।’

एमाले र माओवादी दुई अध्यक्षबीचको बार्तापछि प्रचण्डले ३ नं. प्रदेश र ५ नं. प्रदेश सरकारमा सामेल हुनका लागि शालिराम जम्मरकट्टेल र कृष्णध्वज खड्कालाई फानेबाटै निर्देशन दिएका थिए ।

जम्मरकट्टेल ३ नं. प्रदेश सरकारमा मुख्यमन्त्रीपछिको मर्यादााक्रममा रहने छन् भने ५ नं प्रदेशमा माओवादीको तर्फबाट प्युठानका कृष्णध्वज खड्काले नेतृत्व गर्ने भएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com