भारतमा गोली लागेकी महिलाले जन्माइन बच्चा


प्रकाशित मिति : माघ २८, २०७४ आईतबार

एजेन्सी– माघ २८, भारत स्वसाशित क्षेत्र काश्मिरमा गोली लागेर घाइते भएकी एक महिलाले घाइते अवस्थामै एक बालिकालाई जन्म दिएकी छिन् । बन्दुकधारीहरुले गोली हानेपछि सैनिक अस्पतालमा भर्ना भएकी ती घाइते महिलाले शनिबार अस्पतालमै बालिका जन्माएको भारतको सैनिक स्रोतले जनाएको छ ।

पाराम्जीत कउर नाम गरेकी ती महिला र उनकी बालिकाको अवस्था अहिले राम्रो रहेको अधिकारीहरुले जानकारी दिएका छन् । गर्भवती ती महिलालाई पछाडपट्टि तल्लो भागमा गोली लागेको थियो । घाइते भएपछि उनीलाई सेनाको हेलिकोप्टरमार्फत् तत्काल अस्पताल पुर्याइएको थियो ।

सन्जुवान सैन्य कार्यालयमा भारतीय सुरक्षाकर्मी र लडाकूका बीचमा झडप हुँदा ती गर्भवती महिलालाई गोली लागेको थियो । ती महिलालाई अस्पतालमा तत्काल भर्ना गरेर बच्चा जन्माउनका लागि आवश्यक औषधीहरु दिइएको थियो । बच्चा जन्मिएपछि मात्र उनको चोटको उपचार सुरु गरिएको अरुपताल स्रोतले जानकारी दिएको छ ।

सो घटनामा परी तीन जना लडाकू र दुई जना भारतीय सुरक्षाकर्मीहरु मारिएका भारतीय सैन्य स्रोतले थप जानकारी दिएको छ । एके ५६ राईफलसहित विभिन्न विस्फोटक पदार्थ तथा हातहतियारहरु सरकारी सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com