झण्डै २ करोड ५० लाख रुपैयाँ लिएर १ महिला फरार


प्रकाशित मिति : माघ २८, २०७४ आईतबार

बुटवलमा बस्दै आएकी १ महिलाले छिमेकिहरु सँग बाट करोडौं पैसा लिएर फरार भएकी छन् । बुटवल उपमहानगरपालिका ७ शिवनगरमा बस्दै आएकि गंगा गुरूङले सोही ठाउँका स्थानीय हरुबाट २ करोड ५० लाख भन्दा बढी पैसा लिएर गत शुक्रबार रातीदेखी श्रिमान र १ छोरासहित भएकी हुन । केहि समय अघिदेखि छिमेकिहरु बाट विभिन्न समस्या पर्यो भन्दै रकम उठाएर फरार भएको स्थानीयले बताएका छन् ।

उनले २/३ महिनामा रकम फिर्ता गर्ने भन्दै रकम उठाउदै आएकी थिइन । १/२ पटक दिएको पैसा फिर्ता गरेकाले बिश्वास गरि फेरी पनि पैसा दिएको पिडितहरुले बताएका छन् । दुख गरि कमाएको पैसा छिमेकी हो भनेर बिश्वास गरि उनलाई दिएकाे पिडितहरुले बताए पैसा लिएकी गुरूङ बेपत्ता भएको थाहा पाउना साथ धेरैको आँखा रसायो, पिडित भन्छन् यसरी पैसा लियर फरार होलिन भनेर कहिल्यै सोचेका थिएनौ ।

आफुले चलाउदै आएको मोबाइल फोन अफ गरेको, श्रिमान र छोरा पनि घरमा नभएको र कोहि कसैसंग केही नभनी एकाएक वेपत्ता भएपछि पैसा सापटी दिएका छिमेकिहरू ठगिएको उनिहरुले महशुस गरेका हुन् । स्थानीयले गंगा गुरुङ फरार भएको थाहा पाएपछि वडा प्रहरी कार्यलय रामनगरमा उजुरी दर्ता गराएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com