जो -९ डिग्री सेल्सियस चिसोमा ३ माइल हिँडेर विद्यालय जान्छन्


प्रकाशित मिति : माघ २८, २०७४ आईतबार

पढाईप्रतिको लगनशिलता कस्तो हुनुपर्छ भनेर हेर्ने हो भने चीनको एक बालकले देखाएको लगावलाई हेरे पुग्छ । चीनको युनान प्रान्तको जुहानशानबाओ प्राइमरी स्कूलमा पढ्ने एक बालक माइनस ९ डिग्री सेल्सियस चिसोमा लगभग ३ माइल टाढा शहरमा रहेको आफ्नो विद्यालयमा पढ्न जान्छन् ।

हाल हिँउले सेताम्मे भएको शहरको बास्ता नगरी उनी काठ्यांग्रीने जाडोमा परिक्षा दिनको लागि विद्यालय गइरहेका छन् ।

उनको सोही लगनलाई देखेर स्कूलका प्राध्यापक फु हेंगले उनको फोटो सहितको कथा इन्टरनेटमा हालेका थिए । सो बालकको कथा समाजिक सञ्जालमा भाइरल भएपछि विश्व भरिका मानिसहरुले उक्त बालक र अरु त्यस्तै स्थितिमा रहेका बालकहरुलाई सहयोग गर्ने इच्छा जताएका थिए ।

सामाजिक सञ्जालमा उक्त बालकलाई अहिले ‘आइस ब्वाई’ को नामले चिनिन थालेका छन् ।
प्रधानाध्यापक फु हेंगले उनको पढाई प्रतिको लगनलाई देखेर आफु निकै नै प्रभावित भएको बताएका छन् । भिडियो भाईरल भएपछि सो विद्यालयले १५ हजार डलर र २० वटा हिटर सहयोग स्वरुप पाएको छ।

हेरौ ती बालकका तस्बिरहरु:

विद्यालयका प्रधानाध्यापकका अनुसार अन्तिम परिक्षाको पहिलो दिन मात्र ३० मिनेटमा तापक्रम माइनस ९ डिग्री सेल्सियसमा झरेको थियो । स्कूलबाट धेरै टाढाको गाउँमा बस्ने ती बालक जब टाउको भरि सेतै हिँउ लिएर कक्षाकोटा भित्र पस्दा उसका १६ जना साथीहरु एकैचोटी हाँसेर उसलाई ‘क्लास क्लाउन’ भन्दै जिस्काएका थिए । साथै उनले गाउँमा हजुरआमा र दिदीसँग गरिबीमा बाँचीरहेको उक्त बालकमा सकारात्मक धारण भएको बताएका थिए ।

हुन त हामी सबै त्यस्तो नहौला तर क्लास बंक गरेर ठुलो काम गरे भन्नेहरु एकपल्ट विचार गर्ने होकि ?

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com