सहकारीका अध्यक्ष लाखौँ ठगीको आरोपमा पक्राउ


प्रकाशित मिति : माघ २८, २०७४ आईतबार

माघ २८, काठमाडौं । सहकारीको नाममा लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा साइरियस बचत तथा सहकारी संस्थाका अध्यक्ष मुकुन्दलाल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

कालीमाटी महानगरीय प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार क्षेत्रीले २०० भन्दा बढी व्यक्तिको एक करोड १९ लाख ठगी गरेको भन्दै श्रेष्ठविरुद्ध प्रहरीमा उजुरी परेको जानकारी दिए ।

सोभन्दा धेरै रकम उनले ठगी गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको उनले बताए । साइरीयस सहकारी संस्थाका अध्यक्ष र साइरीयस कलेजका पूर्वअध्यक्ष रहेका श्रेष्ठले कलंकी, रामकोटलगायतका क्षेत्रका बासिन्दाको रकम ठगी गरेको उजुरी प्रहरीमा परेको थियो ।

नायब उपरीक्षक क्षेत्रीले भने, सहकारीमा शेयर रकम र दैनिक बचत रकम भन्दै उठाएको रकम उनले आफूखुशी खर्च गरेको देखिएको छ । यसबारे अनुसन्धान भइरहेको छ ।

आफन्तलाई नै सञ्चालक राखेर उनले सहकारी स्थापना गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com