बेलायतमा शिवरात्री मनाउने तयारी


प्रकाशित मिति : माघ २८, २०७४ आईतबार

हिन्दूहरुको महान पर्व महाशिवरात्री बेलायतमा बस्ने नेपालीहरुले पनि मनाउने तयारी गरेका छन् । लण्डन, अल्डरसट, बर्मिगहमलगायतका नेपाली समुदायको बाहुल्यता रहेका क्षेत्रमा शिवरात्री मनाउने तयारी भइरहेको छ ।

लण्डनको प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरमा आउंदो मंगलबार फेब्रुअरी १३ तारिखका दिन शिवरात्री मनाउने कार्यक्रम तय भएको छ ।

सो दिन बिहान ७ बजेदेखि दर्शन अभिषेक, ११ बजेदेखि रुद्री पूजा, दिउंसो साढे १२ बजे भजन कृतन तथा साढे १ बजे पण्डित निलहरि घिमिरेबाट शिवरात्रीसम्बन्धी विशेष प्रवचन गरिने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सहदेव गिरीले बताए ।

त्यसअवसरमा लाख बत्ति प्रज्वलन, आरती तथा प्रसाद वितरणको साथै सन्ध्याकालीन भजन कृतनको पनि कार्यक्रम छ ।

त्यस्तै, अल्डरसटस्थित शिव मन्दिर र वेस्ट लन्डनमा पनि शिवरात्रीका दिन विशेष कार्यक्रमको तयारी गरिएको छ । लण्डनबाहिर बर्मिगहममा रहेको पशुपतिनाथ मन्दिरमा पनि शिवरात्रीका दिन विशेष पूजाआजा तथा भजन कृतनको कार्यक्रम राखिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com