‘उत्तर कोरियाबारे दक्षिणसँग मतभेद छैन’


प्रकाशित मिति : माघ २८, २०७४ आईतबार

अमेरिकी उपराष्ट्रपति माइक पेन्सले उत्तर कोरियालाई दवाब दिइरहनुपर्ने आवश्यकताबारे आफ्नो देश र दक्षिण कोरिया पूर्णतः सहमत रहेको बताएका छन्।

दक्षिण कोरियामा शीतकालीन ओलिम्पिक्सको उद्घाटन समारोहमा सहभागी भएर स्वदेश फर्कने क्रममा बोल्दै उनले उक्त विषयमा दुई देशबीच ‘कुनै मतभेद’ नरहेको बताए।

पारमाणविक कार्यक्रमसम्बन्धी तनावका बावजुद शीतकालीन ओलिम्पिक्सले दुई कोरियाबीचको सम्बन्धमा केही सुधार ल्याएको देखिन्छ।

तर उत्तर कोरियाली प्रस्तावदेखि अमेरिकाले आफूलाई परै राखेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सैन्य वार्ता गर्न दुई कोरिया सहमत

उत्तर कोरियाः बम र कूटनीतिको खेल इतिहास

प्रोत्साहित

शनिवार उत्तर कोरियाली नेता किम जङ्-अनले दक्षिण कोरियाली राष्ट्रपति मून जे-इनलाई प्योङयाङ्मा वार्ताका लागि निम्तो दिएका थिए।

भेट भएमा त्यो दुई कोरियाली नेताहरूबीच एक दशकभन्दा पनि लामो समयपछिको शिखरवार्ता हुनेछ।

किमतस्वीर कपीराइटKCNA

मूनले कोरियाली जनताले त्यसलाई ‘सफल पार्न लगाउनुपर्ने’ बताउँदै अमेरिकासँगको वार्तामा फर्कन उत्तर कोरियालाई प्रोत्साहित गरेका छन्।

तर दुई देशलाई निकट ल्याउने प्रयासमा प्योङयाङ्को पारणाविक कार्यक्रम तगारो बन्नेछ।

मतभेद

अमेरिकी प्रशासन प्रतिबन्धहरू र राष्ट्रपति डोनल्ड ट्रम्पका कडा अभिव्यक्तिहरूमार्फत उत्तर कोरियामाथि दवाब कायम राख्न चाहन्छ।

शनिवार स्वदेश फर्कनुअघि पत्रकारहरूसँग कुरा गर्दै उपराष्ट्रपति पेन्सले भने, “उत्तर कोरियाले आफ्ना पारमाणविक तथा क्षेप्यास्त्र कार्यक्रम नत्यागेसम्म उसलाई आर्थिक र कूटनीतिक रूपमा अलग्याउनुपर्ने आवश्यकताबारे अमेरिका, दक्षिण कोरिया र जापानबीच कुनै मतभेद रहेको छैन।”

शीतकालीन ओलिम्पिक्स शनिवार शुरू भएपछि सोलस्थित राष्ट्रपतिको कार्यालयमा हस्तलिखित निमन्त्रणा पत्र किम जङ्-अनकी प्रभावशाली बहिनी किम यो-जङ्ले दक्षिण कोरियाली राष्ट्रपति मूनलाई थमाएकी थिइन्।

दुई कोरियाबीच सन् १९५० दशकमा युद्ध भएपश्चात् उत्तर कोरियाका आलङ्कारिक राष्ट्राध्यक्ष किम यङ्-नामले पहिलो वरिष्ठ व्यक्तिको रूपमा दक्षिण कोरियाको भ्रमण गरेका हुन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com