प्रदेश २ को बैठक सुरु हुनासाथ किन भयो अवरुद्ध ?


प्रकाशित मिति : माघ २१, २०७४ आईतबार

धनुषा, २१ माघ । प्रदेश नम्बर २ मा प्रदेश सभाको पहिलो अधिवेशन एकै छिन अवरुद्ध भएको थियो । मधेस आन्दोलनका क्रममा शहीद भएकाको तस्बिर सभाहलमा नराखेको भन्दै राजपाका सांसदले विरोध गर्दा बैैठकमा २ मिनेट अवरोध भएको थियो ।

बैठकका अध्यक्षले शहीदको तस्बिर राख्ने प्रतिबद्धता जनाएपछि बैठक अहिले चलिरहेको छ । प्रदेश नम्बर २ मा प्रदेश सभाको पहिलो अधिवेशन शुरु भएको छ । सभामुख तोकिनसकेकाले ज्येष्ठ सदस्य लगनलाल चौधरीले बैठकको अध्यक्षता गर्नुभएको छ । बैठकको सुरुवात राष्ट्रिय गानबाट गरिएको छ ।

राष्ट्रिय गानपछि शहीदप्रति एक मिनेट मौन धारण गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com