चिनमा सडक नै चोरी भएपछि


प्रकाशित मिति : माघ २०, २०७४ शनिबार

बैंक चोरी, पैसा चोरी, गाडि चोरी लगायतका थुप्रै चोरीका घटनाबारे सुनिदै आएको छ । तर चीनमा भने चोरीको अनौठो घटना प्रकाशमा आएको छ । चिनमा चोरले जिआङ्गसू प्रान्तको ८ सय मिटर सडक नै भत्काएर चोरी गरेका छन् ।

झु नाम गरेका एक व्यक्तिले यसरी सडक चोरी गरेका हुन् । उनले सडक भत्काएर निकालेको कंक्रिट र अन्य सामाग्री एउटा उद्योगलाई बेचेको चाइना न्यूज सर्भिसमा प्रकाशित विवरणमा उल्लेख छ ।

८०० मिटर सडकबाट उनले करिब ५०० टन कंक्रिट निकालेका थिए । उनले कंक्रिट ५००० युआनमा बेचेको बताइएको छ । प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ । चिनियाँ सामाजिक संजालमा यो घटनाका बारेमा हजारौंले प्रतिक्रिया व्यक्त गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com