राष्ट्रपतिय चुनावी अभियानमा शक्ति दुरुपयोग भएको आरोप पुष्टि


प्रकाशित मिति : माघ २०, २०७४ शनिबार

राष्ट्रपति डोनल्ड ट्रम्पको चुनावी अभियानको अनुसन्धान गर्दा शक्तिको दुरुपयोग गरेको आरोप लगाउदै टिपोट सार्वजनिक भएको छ ।

अमेरिकी कंग्रेसले संघीय अनुसन्धान ब्युरो एफबीआइले ट्रम्पको चुनावी अभियानको अनुसन्धान गर्दा शक्तिको दुरुपयोग गरेको आरोप लगायको हो । एफबीआइले उक्त कदमप्रति गम्भिर चिन्ता व्यक्त गर्दै मूख्य तथ्यहरु हटाइएको जनाएको छ ।

उक्त टिपोट चुनावी अभियानका क्रममा ट्रम्पका विदेश मामिला सल्लाहकार रहेका कार्टर पेजको टेलिफोन रेकर्डिङमाथि केन्द्रित छ । उनलाई सन् २०१६ को अक्टोबरमा विद्युतीय निगरानीमा राखिएको थियो । टिपोटमा न्याय मन्त्रालय र एफबिआइलाई पेजविरुद्ध जासूसी गर्न प्रमाणित नभएको प्रतिवेदनलाई आधार बनाएको आरोप लगाइएको छ ।

उक्त टिपोटमा गुप्त प्रतिवेदनका लेखक पूर्व ब्रिटिश जासूस क्रिस्टोफर स्टिलले न्याय मन्त्रालयका एक वरिष्ठ अधिकारीलाई आफू डोनल्ड ट्रम्प चूनावमा पराजित भएको हेर्न व्याकूल रहेको बताएको जनाइएको छ ।

उक्त टिपोटलाई गोप्य नराख्न अनुमति दिएका राष्ट्रपति ट्रम्पले ती दस्तवेजमा उल्लेख भएका गतिविधि भयावह भएको प्रतिक्रिया दिएका छन् । सो टिपोट सार्वजनिक गर्न लगाउने रिपब्लिकन सांसद डेभिड न्युन्सले सर्वसाधारणको विश्वासमाथि गम्भीर आघात गरिएको प्रतिक्रिया बताएका छन् ।

तर डेमोक्र्याटहरुले ट्रम्पको चुनावी अभियान र रुसबीच साठगाठ रहेको आरोपबारे छानविन चलिरहदा उक्त अनुसन्धानलाई अविश्वशनीय बनाउन लाजमर्दो प्रयास गरिएको प्रतिक्रिया दिएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com