चिनिया नयाँ वर्ष छुन चे


प्रकाशित मिति : माघ २०, २०७४ शनिबार

युवराज भट्टराई, काठमाण्डौ,
चिनिया नयाँ वर्ष छुन चे को अवसर पारेर अरनिको सोसाईटी नेपालले काठमाण्डैमा एक कार्यक्रम गरि चिनिया नयाँ बर्षको शुभकामना आदानप्रदान गरेको छ । कार्यक्रममा चिनिया दुताबास लगायत बिभिन्न सिर्ष दलका सिर्ष नेताहरुको पनि बाक्लो उपस्थिती रहेको थियो ।

 

यो विस्व भरि छरियर रहेका चिनियाहरुको महान पर्व हो । १५ दिन सम्म मनाईने यस पर्वमा चानियाहरु जुनसुकै ठाउँमा भएपनि परिवारमा फर्कनछन साथै आफ्ना ईष्टमित्र सँगै रहन चाहान्छन भने टाढा रहेका बुवा आमालाई भेटन जान्छन साथै बुवा आमाले छोरा छोरीलाई रातो खाममा पैसा राखेर दिने गर्दछन । रातो खाममा राखेर दिने पैसालाई भुङपाव भाग्यले प्राप्त गरेको पैसा भनिन्छ । छुन चे मा विशेष गरि चामलबाट बनेको बिभिन्न परिकारका साथै गुलियो सुप खाने प्रचलन छ ।

उत्त कार्यक्रममा चिनिया वान बेल्ट वान रोड सम्बन्धि बृत्त चित्र समेत प्रस्तुत गरियको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com