टेलिफोनमार्फत नक्कली कामगर्ने ८५ जनालाई जेल सजाय


प्रकाशित मिति : माघ १९, २०७४ शुक्रबार

उत्तरी चीनमा पर्ने होहट क्षेत्रमा टेलिफोनका माध्यमबाट नक्कली कामगर्ने ८५ जना व्यक्तिलाई जेल सजाय दिइएको स्थानीय अदालतले शुक्रबार जानकारी दिएको छ ।

यी ८५ व्यक्तिलाई अपराधको प्रकृति हेरर एक वर्षदेखि १३ वर्षसम्मको जेल सजाय भएको अदालतले जानकारी दिएको छ ।

सन् २०१६ को जुलाइमा नै यस विषयमा अनुसन्धान सु्रु भएको र संदिग्ध अपराधीको आरोपमा हुबेई प्रान्तबाट ८५ व्यक्तिलाई पक्राउ गरिएको थियो ।

सन् २०१६ को नोभेम्बरमा टेलिफोनका माध्यमबाट नक्कली कामगर्ने आठ हजार ९०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको थियो । ती व्यक्तिबाट एक करोड युआनभन्दा बढी रकम जरिवानास्वरुप उठाइएको थियो ।

टेलिकममार्फत गरिने कल वाइपास, चिनियाँ कानुन बिपरीत गरिने इन्टरनेटको दुरुपयोगजस्ता नक्कली कार्यमा संलग्न तीन प्रमुख योजनाकारलाई ११ देखि १३ बर्षसम्मको जेल सजाय भएको छ ।

यसैगरी ८२ जनालाई भने एकदेखि छ बर्षको जेल सजाय भएको एक स्थानीय अदालतले जनाएको छ । (रासस÷सिन्ह्वा)

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com