डिभोर्सपछि पहिलो पटक मनोज गजुरेल स्टेजमा


प्रकाशित मिति : माघ १९, २०७४ शुक्रबार

माघ १९ – सम्बन्धविच्छेद भएकाे दुई हप्तापछि हाँस्यकलाकार मनोज गजुरेलले युएईमा प्रस्तुति दिएका छन् ।

सम्बन्धविच्छेदको पीडा बिर्सेर नियमित लयमा फर्कदै गजुरेल नेपाली कामदारलाई हँसाउन युएई आएका हुन् । श्रीमतीसँग अलग भएपछि पहिलो पटक आबुधाबीको स्टेजमा देखिएका गजुरेलले दर्शकको माया र सद्भावले सबै पीडा भुलेको प्रतिक्रिया दिनुभयो ।

‘मान्छेको चोला जे हो त्यही होला । म कसैलाई केही भन्दिन । जे भन्नु थियो सामाजिक सन्जालमा आइसके’ मनोजले भन्नुभयो । मनोज र श्रीमती मिना ढकालको गएको पुस ११ सम्बन्धविच्छेद भएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com