६५ वर्ष पुगेकाले कहिलेदेखि पाउँछन् वृद्ध भत्ता ?


प्रकाशित मिति : माघ १९, २०७४ शुक्रबार

काठमाडौ – केन्द्रीय पञ्जीकरण विभागले ६५ वर्ष पुगेकालाई वृद्ध भत्ता दिने सरकारको निर्णय कार्यान्वयन गर्न संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको निर्देशन कुरेर बसेको जनाएको छ । सरकारले यही माघ १० गते ६५ वर्ष पुगेको वृद्ध–वृद्धालाई सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको थियो ।

यसअघि सरकारले ७० वर्ष पुगेकालाई मात्र सो भत्ता दिँदै आएको थियो । विभागका सामाजिक सुरक्षा शाखाका अधिकृत सविता बस्नेतले सरकारले निर्णय गरे पनि कार्यान्वयनका लागि मन्त्रालयले निर्देशन दिएपछि मात्र सामाजिक सुरक्षा भत्ता वितरण गर्ने बताए ।

विभागले अहिले पहिलो चौमासिक सामाजिक सुरक्षाभत्ता विवरण गरिसकेको छ भने अब दोस्रो चौमासिकको भत्ता वितरणका लागि तयारी गरेको छ । सरकारले ६५ वर्षमा वृद्धभत्ता दिने निर्णय गरेपछि सो उमेर समूहका मानिस वृद्ध भत्ता कहिले पाइन्छ भन्दै चासो राख्न थालेका छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com