Follow @khasokhasmag

भैरवनाथ गणमा प्लास्टिक ग्रिनेट विस्फोट हुँदा ४ जना सैनिक घाइते


प्रकाशित मिति : माघ १९, २०७४ शुक्रबार

माघ १९, काठमाडौं । महाराजगञ्जस्थित नेपाली सेनाको भैरवनाथ गणमा शुक्रबार बिहान प्लास्टिक ग्रिनेट विस्फोट हुँदा ४ जना सैनिक घाइते भएका छन् ।

बिहान पिटी खेलीसकेपछि युनिट बेसिक कोर्स चल्दै गर्दा प्रशिक्षकले प्लाष्टिक ग्रिनेटको पिन थुतेर सिकाउन खोज्दा विस्फोट भएको हो ।

प्रशिक्षकसहित चार घाइते भएको बताइए पनि उनीहरुको परिचय खुलेको छैन ।

सैनिक स्रोतका अनुसार, घाइते चारै जनाको अहिले वीरेन्द्र सैनिक अस्पताल, छाउनीमा उपचार भइरहेको छ ।

 

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com