Follow @khasokhasmag

भारतीय विदेशमन्त्री सुष्मा स्वराजको सुरक्षामा सय प्रहरी खटिए


प्रकाशित मिति : माघ १८, २०७४ बिहीबार

माघ १८, काठमाडौं । बिहीवार नेपाल भ्रमणमा आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजको सुरक्षाका लागि प्रहरी प्रधान कार्यालयले करिब एक सय प्रहरी खटाइएको छ भने एक महिला इन्सपेक्टर मिनादेवी राईलाई उनको पिएसओका रुपमा खटाइएको छ।

त्यस्तै उनको स्कटिङका लागि पनि महिला इन्सपेक्टर नै खटिएकी थिइन । इन्सपेक्टर चेतना पोखरेलको कमाण्डमा स्कर्टिङ टिम खटिएको थियो । शुक्रबार स्वदेश नफर्कदासम्म स्वराजलाई इन्सपेक्टरद्वय राई र पोखरेलको कमाण्डमा सुरक्षा दिइनेछ। उनका एक पिएसओ भारतबाट सँगै आएका छन्।

उनको स्कर्टिङका लागि प्रहरीको कार्यदलबाट टोली खटाइएको छ। उनी बस्ने सोल्टी होटलमा पनि सुरक्षाका लागि छुट्टै टोली खटाइएको प्रहरी प्रधान कार्यालयका एक अधिकारीले बताए।
बिहीबार करिब ४ बजे काठमाडौं आईपुगेकी उनलाई स्कर्टिङ गरेर प्रहरीले सोल्टी होटल पु¥याएको थियो। शुक्रबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र राष्टपति बिद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम छ।, त्यसपछि प्रधानमन्त्री शेरबहादुर देउवालाई वालुवाटरमा भेटेर उनी स्वदेश फर्कनेछिन्।

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com