नेविसंघले महाधिवेशन सुनिश्चितताको माग गर्दै प्रदर्शन गर्यो


प्रकाशित मिति : माघ १८, २०७४ बिहीबार

 

माघ १८, काठमाडौं । नेपाल विद्यार्थी संघले १२औँ महाधिवेशन सुनिश्चित गर्न माग गर्दै प्रदर्शन गरेको छ ।

नेविसंघ महाधिवेशन पक्षधर विद्यार्थीले आज संघको महाधिवेशन आउन छ महिना बाँकी रहँदा पनि केही काम नभएको भन्दै अविलम्ब जिल्लाका निर्वाचन प्रक्रिया अगाडि बढाउन माग गर्दै प्रदर्शन गरेको हो ।

प्रदर्शन विश्वभाषा क्याम्पसबाट शुरु भएर नेविसंघ केन्द्रीय कार्यालय धोबीधारा पुगेर कोणसभामा परिणत भएको थियो ।

नेविसंघका कोषाध्यक्ष शिव रिमालले नेविसंघलाई समयानुकूल बनाउने उद्देश्यले नेतृत्वलाई दबाब दिन प्रदर्शन गरिएको बताए ।

“महाधिवेशन भएको डेढ वर्षसम्म पनि विवाद भएका जिल्लाको निर्वाचन हुन सकेको छैन, विभाग गठन हुन सकेको छैन, यस्तै तरिकाले संगठन अगाडि बढे तोकिएको समयमा महाधिवेशन हुन सक्दैन, त्यसैले महाधिवेशनको सुनिश्चत गर्नु हाम्रो माग हो”, उनले भने ।

कार्यक्रममा नेविसंघ केन्द्रीय सदस्य सुशील तिमल्सेना, अर्जुन बम, पुजन गन्र्धव, पुनम लामा, एलिजा ढकाल, सतिस श्रेष्ठ, महेन्द्र हमालका साथै उपत्यकाका विभिन्न क्याम्पसका अध्यक्षलगायत करिब ४०० विद्यार्थीको उपस्थिति थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com