खुसीको खबर अब उपचारमा लापरवाहीले विरामीको मृत्यु–घाइते भए डाक्टरले नै क्षतिपूर्ति तिर्नुपर्ने


प्रकाशित मिति : माघ १७, २०७४ बुधबार

अब उपचारमा लापरवाही गर्दा विरामीको अकालमै मृत्यु र गम्भीर घाइते भएमा चिकित्सक (डाक्टर)ले नै क्षतिपूर्ति तिर्नुपर्ने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा सोमबार बसेको मन्त्रिपरिषद बैठकले चिकित्सकबाटै पीडितलाई क्षतिपूर्ति भराउने कानून ल्याउने निर्णय गरेको हो । यो निर्णयले स्वास्थ्य क्षेत्रमा चिकित्सकको लापरवाही कम हुने सञ्चारमन्त्री मोहन बस्नेतले बताए ।

‘पछिल्लोपटक अस्पतालमा चिकित्सकको लापरबाहीका कारण बिरामीको अकालमा मृत्यु हुने र गम्भीर घाइते हुने समस्या देखिएकाले ती पीडितको क्षतिपूर्ति सम्बन्धित चिकित्सकबाटै भराउने उद्देश्यले आवश्यक विधेयक निर्माण गरी सदनमा पेश गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको छ’, मन्त्री बस्नेतले भने- ‘यो निर्णयले लापरवाही कम हुनेछ भने अस्पतालमा नागरिकको स्वास्थ्य सुरक्षित हुनेछ ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com