प्रहरीको हतियार लुट्ने पक्राउ


प्रकाशित मिति : माघ १७, २०७४ बुधबार

बारा १७ माघ । प्रहरीमाथि आक्रमण गरी हतियार लुटेर भाग्ने तस्कर समूहका एक जना पक्राउ  परेका छन् ।

बारा प्रहरीले  कलैया उपमहानगरपालिका बडा नम्बर १२ धर्मनगरका  ५१ वर्षीय रामलाल साह गोढलाई  पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।

गत बैशाख ११ गते कलैया उपमहानगरपालिका वडा नं.१२ धर्मनगर स्थित नेपाल ईट्टा उद्योग नजिकको  सडकमा पका साह समेतका २/३० जना व्यक्तिहरुले भारतबाट भन्सार छली ल्याएको सामान नियन्त्रणमा लिन खोज्दा उल्टै प्रहरीमाथि आक्रामण भएको थियो ।

तस्करहरुको समुहले ज्यान मार्ने उदेश्यले प्रहरी टोली माथी ईट्टा, ढुङ्गा समेतले सांघातिक आक्रमण गरीसर्टगन थान–१ समेत लुटेका    थिए ।  पछि खोजतलाशको क्रममा ईट्टा भट्टामा रहेको काचो ईट्टाको चेपमा लुकाई छिपाई राखेको अवस्थामा सर्टगन भेटिएको थियो ।

पक्राउ परेका शाहमाथि  डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा बारा जिल्लाबाट म्याद अनुमति लिई हिरासतमा राखी आवश्यक अनुसन्धान भई रहेको डिएसपी भुवर्नेश्वर साहले जानकारी दिएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com