एनआरएनको लगानी भित्र्याउन स्पेशल पर्पस भेइकल (एसपीभी) गठन गरिने


प्रकाशित मिति : माघ १७, २०७४ बुधबार

भीम गौतम। गैरआवासीय नेपाली (एनआरएन)हरूको लगानी भित्र्याउन स्पेशल पर्पस भेइकल (एसपीभी) गठन गरिने भएको छ । दुई वर्षभित्र १० अर्ब लगानी नेपालमा भित्र्याउन घोषणा गरेको गैरआवासीय नेपाली संघ (एनआरएन) अन्तर्राष्ट्रिय समन्वय परिषदले सो लगानी भित्र्याउन नेपालमा एसपीभी गठन गर्न लागेको हो । गैरआवासीय नेपाली (एनआरएन)हरूको लगानी भित्र्याउन स्पेशल पर्पस भेइकल (एसपीभी) गठन गरिने भएको छ ।

दुई वर्षभित्र १० अर्ब लगानी नेपालमा भित्र्याउन घोषणा गरेको गैरआवासीय नेपाली संघ (एनआरएन) अन्तर्राष्ट्रिय समन्वय परिषदले सो लगानी भित्र्याउन नेपालमा एसपीभी गठन गर्न लागेको हो । “गैरआवासीय नेपालीले नेपालको पूर्वाधार लगायतका क्षेत्रमा १० अर्ब लगानीको घोषणा गरी यसका लागि एसपीभी गठनको प्रक्रियामा अघि बढेका छौं,” एनआरएनको नयाँ कार्यसमिति चयन भएको एक सय दिन पुगेको अवसरमा प्रगति विवरण सार्वजनिक गर्दै अध्यक्ष भवन भट्टले भने, “सन् २०१९ भित्र प्रथम चरणको यो रकम नेपाल भित्र्याइसक्ने लक्ष्य छ ।” विशेष गरी जलविद्युत्, कृषि, सडकलगायतका पूर्वाधारका साथै कुनै व्यवसाय सुरुवातको लागि लगानी गर्ने लक्ष्य एनआरएनको छ ।

“सरकारसँग सहकार्य गरेर लगानी गर्ने गरी अघि बढाउने योजना छ,” अध्यक्ष भट्टले भने, “१० अर्ब लगानीको घोषणाले सकारात्मक सञ्चार गराउने निश्चित छ ।” ५१ प्रतिशत संस्थापक सेयर रहने एनआरएन एसपीभीमा ४९ प्रतिशत विदेशमा बस्ने नेपाली र स्थानीयवासीलाई दिइनेछ । ५१ प्रतिशतमध्ये ५ प्रतिशत सरकार र ५ प्रतिशत व्यापारी समुदायलाई दिइने गरी एसपीभी अघि बढाउन लागिएको कोष स्थापनामा संलग्न वित्तीय परामर्शदाता अनलराज भट्टराईले जानकारी दिए । “गैरआवासीय नेपालीको लगानी ल्याउनका लागि धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैक, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय लगायतका निकायसँग छलफल गरिसकेका छौं,” उनले भने, “एसपीभी गठन गर्नुअघि यसलाई अघि बढाउन छुट्टै समिति निर्माण गरेर अघि बढ्ने लक्ष्य छ ।” उनका अनुसार लगानीका लागि ल्याएको रकम नेपालका बैकमा फिक्स डिपोजिटमा राख्ने तथा एनआरएनले जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसियल) जस्तै कन्सोर्टियमको रूपमा अन्य परियोजनाहरूमा लगानी गर्ने गरी स्वीकृतिका लागि अनुरोध गरिएकोले सो अनुमति पाएमा प्रत्येक वर्ष लगानीकर्ताहरूलाई प्रतिफल दिइसक्ने गरी अघि बढाइएको छ ।

गैरआवासीय नेपालीले लगानी गरेको रकम फिर्ता दिनसक्ने व्यवस्थाका लागि समेत सरकारसँग आग्रह गरिएको र सकारात्मक रहेकोले धेरै विदेशमा बस्ने नेपालीले आफ्नो मातृभुमिमा लगानी गर्ने अपेक्षा एनआरएनले गरेको छ । एनआरएनका प्रवक्ता भुषण घिमिरेका अनुसार एक सय दिनमा एनआरएनले केही नयाँ तथा पुराना कामलाई निरन्तरता दिएर अघि बढेको छ । लाप्राक नमूना वस्ती निर्माण कार्य नेपाली सेनाका ५० जवानलाई सहभागी गराए अघि बढेको र महिला उपाध्यक्ष सपिला राजभण्डारीले संयोजन गरेको सो समितिअन्तर्गत हालसम्म ३ सय २७ वटा घरको डीपीसीसम्मको कार्य सम्पन्न भइसकेको र ३ वटा घर पूर्ण रूपमा निर्माण भइसकेको एनआरएनले जनाएको छ ।

त्यसैगरी उपाध्यक्ष कुमार पन्तको संयोजनमा संघको कार्यालय भवनको निर्माण काम तीब्र गतिमा भएको र आगामी वैशाखसम्म पहिलो चरणका काम सम्पन्न गरी सचिवालय आफ्नै भवनबाट सञ्चालन गर्ने लक्ष्य राखिएको तथा बागमती किनाराको शंखमुल क्षेत्रमा संघले ३२ रोपनी जग्गामा शंखमुल पार्क निर्माण गरिरहेको पनि एनआरएनले जनाएको छ । उपाध्यक्ष कुल आचार्यले संयोजन गरेको शंखमुल पार्कको निर्माण कार्य छिट्टै सम्पन्न हुने एनआरएनए जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com