अमेरिकी वैदेशिक सहायता अमेरिकाको रुची पूरा गराउनमा लगाउन ट्रम्पको आब्हान


प्रकाशित मिति : माघ १७, २०७४ बुधबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले दिने वैदेशिक सहायता अमेरिकाको रुची पूरा गराउनमा लगाउनुपर्ने बताएका छन् । उनले संसदलाई त्यही खालको विधि पारित गर्न समेत आब्हान गरेका छन् ।

स्टेट अफ द युनियन सम्बोधनका क्रममा उनले वैदशिक सहायता अमेरिकाको रुची पूरा गराउनेमा र अमेरिकाको साथ दिनेहरुका लागिमात्र खर्च गर्ने विधि तय गर्न ट्रम्पले संसदलाई आब्हान गरेका हुन् ।

स्टेट अफ द युनियन सम्बोधन अमेरिकाको संयुक्त सदनमा अमेरिकी राष्ट्रपतिको बार्षिक विशेष सम्बोधन हो ।

युएस क्यापिटल भवनमा भइरहेको सम्बोधनको विभिन्न अमेरिकी संचारमाध्यमहरुले प्रत्यक्ष प्रशारण गरिरहेका छन् भने अमेरिका लगायत विश्वभर नै यो सम्बोधनलाई विशेष चासोका साथ हेरिएको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com