ट्रम्पको पहिलो स्टेट अफ द युनियन सम्बोधन आज


प्रकाशित मिति : माघ १६, २०७४ मंगलबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो स्टेट अफ द युनियन सम्बोधन न्युयोर्क समय अनुशार आजराती ९ बजेदेखि सुरु हुनेछ । स्टेट अफ द युनियन सम्बोधन अमेरिकाको संयुक्त सदनमा अमेरिकी राष्ट्रपतिको बार्षिक विशेष सम्बोधन हो ।

युएस क्यापिटल भवनमा हुने सम्बोधनको विभिन्न अमेरिकी संचारमाध्यमहरुले प्रत्यक्ष प्रशारण गर्नेछन् भने अमेरिका लगायत विश्वभर नै यो सम्बोधनलाई विशेष चासोका साथ हेरिएको छ ।

आजको सम्बोधनमा ट्रम्पले अमेरिकी अर्थतन्त्र, स्टक मार्केट, कर कटौती, निर्माण लगायतका विषयमा सम्बोधन गर्ने जनाइएको छ । यो बाहेक अध्यागमन लगायतका विषयमा पनि ट्रम्पले सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com