कतारमा गएका युवाको पहलमा ओखलढुंगाको गाउँमा एम्बुलेन्स सेवा


प्रकाशित मिति : माघ १६, २०७४ मंगलबार

एयमाघ १६, ओखलढुंगा । वैदेशिक रोजगारीको क्रममा कतार पुग्ने युवाको कमाई औषतमा कम नै हुन्छ । तर, रोजगारीको शिलशिलामा कतार पुगेका ओखलढुंगे युवाको मन चाहिँ साँच्चिकै ठूलै रैछ । ओखलढुंगे युवाले आफ्नो जिल्लालाई एम्बुलेन्स प्रदान गरेका छन् ।

रोजगारीको शिलशिलामा ओखलढुंगाबाट कतार पुगेका युवाहरुको संस्था ओखलढुंगा सेवा समाज कतारले ओखलढुंगा सेवा समाज नेपाललाई एक एम्बुलेन्स हस्तान्तरण गरेको छ । जिल्लाका एक नगरपालिका र सात गाउँपालिकामा एम्बुलेन्स सेवा पु¥याउने अभियानमा रहेको ओखलढुंगा सेवा समाज कतारले पहिलो चरणमा एक एम्बुलेन्स प्रदान गरेको हो ।

कतारमा रहेका ओखलढुंगाका युवाबाट संकलन गरिएको ९ लाख ६७ हजारमा समाजले एम्बुलेन्स किनेर हस्तान्तरण गरेको हो । विदेशिएका युवाले आफ्नो जन्मभूमि सम्झेको भन्दै प्रतिनिधिसभाका सदस्य यज्ञराज सुनुवारले धन्यवाद दिए । गाउँको आवश्यकतालाई बुझी प्रवासी नेपालीहरुले एम्बुलेन्स सहयोग गरेको भन्दै ओखलढुंग सेवा समाज नेपालका अध्यक्ष नवराज श्रेष्ठले पनि युवाहरुलाई धन्यवाद दिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com