सहयोगको अपिल


प्रकाशित मिति : माघ १६, २०७४ मंगलबार

लुम्बिनी १६ माघ । गास,बास,स्वास्थ्यशिक्षालाई राज्यले मौलिकहको रुपमा ब्याख्या गरिरहेको बेला रुपन्देहीमा एक मृगौला पीडित नाबालकलाई उपचार खर्च जुटाउन समस्या भएको छ ।

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. ६ निवासी अब्दुल मोईदको डेढ बर्षीय छोरा सादिक मुसलमानको दब्रे मृगौला काम गर्न छोडेको मेडिकल कालेज भैरहवाले प्रमाणित गरेपछि आर्थिक आभावमा निज नाबालकलाई उपचार खर्च जुटाउन समस्या भएको हो ।

गरीबीका कारण नाती सादिकको मृगौला प्रत्यारोपण गराउन नसक्दा बाध्य भई घर फर्काउनु परेको मृगौला पीडितका हजुरबा अब्दुलसलाम मुसलमानले जानकारी गराए ।

उनले पैसाकै कारण दुधे बालक सादिकको मृगौला प्रत्यारोपण हुन नसक्दा रित्तो घर फर्काए पछि स्वास्थ्य उपचार बाट भएको बखत सहयोगका लागि राज्य तथा सरोकारवाला सँग आग्रह समेत गरेका छन ।

मृगौला पीडित बालकलाई आफनो संस्थाको सहयोगमा युनिर्भसल मेडिकल क«ालेज भैरहवामा अल्टासाउण्ड गराउदा दाँया मृगौला खराब भएको थाहा पाई पैसा नहुदा सरकारी तथा गैह्रसरकारी संघ सस्था सँग मानवीय सहयोग गर्नुपर्ने ह्युमन वेलफेयर सामाजिक संस्थाका अध्यक्ष साहिद मुसलमानको भनाई छ ।

लुम्बिनी साँस्कृतिक नगरपालिका स्थित स्वास्थ्य बिभाग प्रमुख बुधनाथ बरईले वडा कार्यालयको सिफारिस मेडिकल रिर्पोटको आधारमा जिल्ला जनस्वास्थ्य कार्यालय मार्फत निःशुल्क डाईनोशिस र एकलाख रुपैया आर्थिक सहयोग उपलब्ध गराउनुका साथै नेपाल सरकार द्वारा मान्यता प्राप्त स्वास्थ्य संस्था मार्फत मृगौला प्रत्यारोपण हुने जानकारी गराए ।

यद्यपि निज मृगौला पीडित बालकको सिफारिसका लागि आफू सम्बन्धित निकायमा गर्न तयार रहेको लुसाँनपा वडा नं. ५ का वडा अध्यक्ष खुर्सेद मुसलमानको भनाई छ ।

Source : ABC

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com