दैलेखका दलित व्यक्तिमाथि गुन्द्री छोएको निहुँमा, मरणासन्न हुनेगरी कुटपिट


प्रकाशित मिति : माघ १६, २०७४ मंगलबार

माघ १६, दैलेख । दलित समुदायका व्यक्तिमाथि गुन्द्री छोएको भन्दै मरणासन्न हुनेगरी कुटपिट भएको छ ।

महाबु गाउँपालिका–२, बडखोलाको डुंग्री भानेखोलाका ५५ वर्षीय पहल बिकलाई भीमबहादुर रोकाय र भीमबहादुरका जुवाई नगेन्द्र खत्रीले मरणासन्न हुने गरी कुटपिट गरेका हुन ।

सोमबार दिउँसो भीमबहादुरको घरमा काटिएको खसीको मासु किन्न त्यहाँ पुग्दा भीमबहादुरसमेत ४ जना बसेको गुन्द्री छोइएको भन्दै आफूमाथि कुटपिट भएको बिकले बताएका छन् ।

पहल विकको दाहिने आँखामा गम्भीर चोट लागेको छ । जीउभर लात्ती र मुक्काले हानेकोे डामसहित पीडितले प्रहरीमा उजुरी दिएका छन् । उजुरीका आधारमा भीमबहादुर रोकाय र नगेन्द्र खत्रीलाई आज ९मंगलबार० जिल्ला प्रहरी कार्यालय दैलेखमा झिकाइएको प्रहरीले जनाएको छ ।

मानव माथिको दानवीय प्रकृतिका विरूद्द दलित संघ सस्थाले कडा कार्वाहीको माग गरेका छन् । कानुनी राज्यको उपहास भएको भन्दै तत्काल दोषीमाथि कार्वाही नभए आन्दोलनमा उत्रिने उनीहरूले चेतावनी दिएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com