सर्लाहीमा एकै रात पाँचवटा पसलमा चोरी, व्यापारीद्वारा बजार बन्द


प्रकाशित मिति : माघ १६, २०७४ मंगलबार

माघ १६, सर्लाही ।  सर्लाही मलंगवामा चोरीका घटना बढेका छन् । सोमबार रातिमात्रै सदरमुकाम मलंगवास्थित बाल मन्दिरचोकमा पाँचओटा पसलमा चोरी भएको छ ।

उद्योग वाणिज्य संघ मलंगवाका अध्यक्ष ईश्वर गुप्ताकाअनुसार विभिन्न व्यापारीले सन्चालन गरिरहेका हार्डवेयर, कस्मेटिक, जुत्ता, किताब र फेन्सी पसलमा चोरी भएको हो ।

जिल्ला प्रहरी कार्यालय नजिकै मुख्य बजार क्षेत्रबाट लाखौं रुपैयाँको धनमाल चोरी भएपछि स्थानीय व्यापारी त्रसित बनेका छन् ।

शान्ति–सुरक्षाको माग गर्दै मंगलबार बिहान केहीबेर व्यापारीहरुले मलंगवामा सबै व्यापार–व्यवसाय बन्द गरे ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल र प्रहरी प्रमुख मसउद आलम खाँले चोरी नियन्त्रणका लागि गस्ती बढाउने तथा चोरीमा संलग्नहरुलाई एकरदुई दिनभित्रै पक्राउ गरी कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएपछि बन्द खुलेको छ ।

मलंगवामा पछिल्लो समय शृङखलाबद्धरुपमा चोरीका घटना बढेको व्यापारीहरुले बताएका छन् ।

सर्लाहीका प्रहरी प्रवक्ता एवं डीएसपी राजेश थापाले सोमबार राति भएको चोरीका घटनामा संलग्न रहेको आशंकामा केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए ।

चोरी भएका सामानबारे विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com