चुडामणि शर्माविरुद्ध भ्रष्टाचार गरेको दावीसहित अख्तियारको मुद्दा दर्ता


प्रकाशित मिति : माघ १५, २०७४ सोमबार

आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्माविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
अख्तियारले शर्माले ४ करोड २९ लाख ५४ हजार १ सय २३ रुपैयाँ भ्रष्टाचार गरेको दावीसहित अदालतमा मुद्दा दायर गरेको हो ।

अनुसन्धानका क्रममा चुडामणि शर्माले सरकारी जागिर खाएयता ३ करोड ६३ लाख ७२ हजार रुपैयाँ आर्जन गरेको देखिएको तर उनी र उनका आफन्तको नाममा ७ करोड ९३ लाख २७ हजार रुपैयाँ भन्दा धेरै सम्पत्ति देखिएको अख्तियारले जनाएको छ ।

शर्मालाई ४ करोड २८ लाख रुपैयाँको विगो तथा हदैसम्मको कैद सजाय माग गरि मुद्धा दायर गरिएको छ ।

अख्तियारले शर्माको कुल ४ करोड २८ लाख ५४ हजार रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको, सम्पत्ति विवरण पनि अमिल्दो र अस्वभाविक देखिएको भन्दै भ्रष्टाचारको मुद्दा दायर गरेकोे हो ।

त्यससंगै शर्माकी श्रीमती र छोराछोरीको नाममा विभिन्न बैंकमा रकम तथा शेयर रहेको, परिवारले महँगा घर तथा गाडीको प्रयोग गरेको देखिए पनि आयको बैध स्रोत नदेखिएको अख्तियारको दावी छ ।

चुडामणि शर्मालाई कर फछ्र्योट आयोगमा रहँदा अस्वभाविक रुपमा १० अर्व रुपैयाँ कर छुट दिएको भन्दै अख्तियारले पक्राउ गरेको थियो । तर शर्मा अदालतको आदेशमा रिहा भएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com