गाडी सुविधा नदिएको आक्रोशमा उपमेयरले माइन्युट च्यातिन्


प्रकाशित मिति : माघ १५, २०७४ सोमबार

१५ माघ, जनकपुर ।धनुषाको गणेशमान चारनाथ नगरपालिकाकी उपमेयर मीनाकुमारी यादवले आफूलाई गाडी सुबीधा नदिएको नगर कार्यपालिका बैठकको माइन्युट च्यातेकी छन् ।

बैठकको प्रस्ताव राख्ने क्रममा आफूलाई गाडी सुविधा दिने विषय उल्लेख नगरेको भन्दै उनले माइन्युट च्यातेकी हुन् ।माइन्युट च्यातेपछि नगरकार्यपालिका बैठक स्थगित भएको छ ।

नगरपालिकामा हाल सुबीधास्वरुप एउटा गाडी मेयर रामबाबु यादवले चढ्दै आएकामा उपमेयर यादवले आफूलाई पनि गाडी सुविधा चाहीएको माग गर्दै आएकी थिईन् । तर, आइतबारको बैठकमा प्रस्ताव नै नआएपछि ‘मलाई गाडी दिने विषय किन प्रस्तावमा नराखेको’ भन्दै माइन्युट च्यातेर फालेकी छन् ।

उपमेयर यादवले धनुषाका १८ वटा स्थानीय तहमध्ये १७ वटामा उपमेयरलाई भाडामा गाडी दिएको तर आफूलाई भने मेयर र कार्यकारी अधिकृतले गाडी नदिएको रिस ब्यक्त गरीन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com