‘होइन यो बृद्दभत्ता घट्दै घट्दै गएर मेरै उमेरकाले पाउने हुन्छ कि क्या हो ?- दिपकराज गिरी


प्रकाशित मिति : माघ १४, २०७४ आईतबार

कलाकार दिपकराज गिरीले सरकारले सामाजिक सुरक्षा भत्ता (वृद्धभत्ता) ६५ वर्षमै दिने निर्णय गरेपछि यसबारे आफ्नो विभिन्न धारणा सामाजिक संजाल फेसबुक मार्फत व्यक्त गरेका छन्। देशको समसामाहिक र राजनीतिक घटनाक्रमबारे निकै चासो दिने र आवश्यकता अनुसार त्यसको समर्थन र व्यंग्यात्मक विरोध जनाउने कलाकार गिरीले यसपटक पनि सरकारले गरेको बृद्धभत्ता दिने उमेरहद घटाएपछी सांकेतिक रुपमा त्यसको बिरोध गरेका हुन्। सरकारले गरेको यस निर्णयप्रति कतै समर्थन र कतै टिका, टिप्पणी तथा आलोचनाहरु भैरहेका बेला गिरीले यसरी वृद्धभत्ताको उमेरहद हरेक पार्टीले प्रतिस्पर्धा गर्दै घटाउदै जाने हो भने युवा उमेरमै भत्ता खान पाईने हो की क्या हो भन्दै व्यंग्य प्रहार गरेका छन्।

गिरी फेसबुकमा लेख्छन्, ‘होइन यो बृद्दभत्ता घट्दै घट्दै गएर मेरै उमेरकाले पाउने हुन्छ कि क्या हो ? एमालेले ७० मा पाउने गर्यो। कॉंग्रेसले ६५ बनायो। एमालेले फेरी कम्पिटिशनमा उत्रेर ४५ बनाइदियो भने त!!!!!! सरकारले जबानी मै बूढो बनाइदेला भन्ने डर पो भो त गॉठे।’ गिरीले निकै घोचिलो ब्यङ्ग गर्दै सस्तो लोकप्रियताको लागि राष्ट्रको ढुकुटी सिध्याउने र जवानीमै बृद्धभत्ता बाड्ने होडबाजीमा त नेपालका पार्टीहरु लागेका हैनन् भनेर सरकारलाई प्रश्न गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com