प्रदेश मन्त्री र समितिका सभापतिमा एमाले ७० र माके ३० प्रतिशत


प्रकाशित मिति : माघ १४, २०७४ आईतबार

काठमाडौं १४ माघ । एमाले र माओवादी केन्द्रबीच मुख्यमन्त्री र प्रदेश सभामुमा सहमति संगै प्रदेश मन्त्रीमण्डल र समितिका सभापतिमा पनि सहमति भएको छ ।

दुवै पार्टीका कार्यदलको निर्णय अनुसार बढीमा प्रदेशमन्त्री मण्डल ७ देखि ११ सदस्यीय सम्म मात्र बनाउने सहमति भएको छ । मन्त्री मण्डलमा एमालेबाट ७० प्रतिशत र माओवादी केन्द्रबाट ३० प्रतिशत प्रतिनिधित्व गर्ने गरी शक्ति बांडफांट गर्ने सहमति भएको छ ।

यस अघि कार्यदलको सिफारिश र छलफलका आधारमा ओली प्रचण्डले प्रदेशका मुख्यमन्त्री र सभामुखका बारेमा अन्तिम निर्णय दिएका थिए । दुैवै दलका प्रमुखको सहमतिमा ४ मुख्यमन्त्री र ४ सभामुख एमाले र २ दुई मुख्यमन्त्री र २ सभामुख माओवादी लिने भएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com