‘आशंका मेटिए’ -छिटै एकता हुने ओली र प्रचण्डको विश्वास


प्रकाशित मिति : माघ १४, २०७४ आईतबार

एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीचको छलफलले एकअर्काप्रतिका आशंका र एकता विरोधी दुष्प्रचार निवारण भएको निश्कर्ष निकालेका छन् । विहान ११ बजेदेखि ललितपुरको मानभवनमा एकजना व्यवसायीको घरमा भएको दुई नेताबीचको छलफल झण्डै ३ घण्टा लम्बिएको थियो ।

स्रोतका अनुसार छलफलमा एकताको आवश्यकता र अहिलेसम्म विभिन्न पक्षबाट भएका चलखेल र घटनाक्रमका बारेमा समेत समिक्षा भएको थियो ।
बैठकपछि आफ्ना निकटस्थसंग प्रचण्डले एकताको प्रक्रिया एक स्टेप अघि बढेर अर्को उचाईमा पुगेको बताएका छन् । स्रोतका अनुसार प्रचण्डको मनमा रहेको आशंका आजको छलफलबाट मेटिएको छ ।

एमाले अध्यक्ष केपी ओलीले एकताको रोडम्यापका बारेमा विस्तृत रुपमा प्रचण्डलाई बताएका थिए । ओलीको रोडम्याप सही रहेको प्रचण्डको बुझाई रहेको स्रोतको दावी छ ।
बैठकले राष्टिय सभामा साझा उमेदबार विजयी बनाउने र ६ वटा प्रदेशमा बाम गठवन्धनको सरकार बनाउन तत्काल पहल गर्ने समेत निर्णय गरेको छ ।
एक हप्ताभित्र आन्तरिक गृहकार्य गरेर पार्टी एकता संयोजन समितिको बैठक बस्ने दुई नेताका बीचमा सहमति भएको छ । माघ महिनभित्रै पार्टी एकता गर्ने तयरी रहेको ओली सम्वद्ध स्रोतले जानकारी दिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com