नेपाल-भारत सीमामा इन्धनको धन्दा


प्रकाशित मिति : माघ १४, २०७४ आईतबार

भैरहवा – नेपालबाट भारततर्फ पेट्रोलियम पदार्थको अवैध निकासी बढेको छ । नेपालमा भन्दा भारतमा इन्धनको मूल्य महँगो भएकाले अवैध निकासी बढेको हो । आजको कारोबार दैनिकमा खबर छ ।

भारतबाट सामान लिएर आउने ट्रकहरुबाट नै अवैध निकासी भइरहेको बताइएको छ । भारतको तुलनामा नेपालमा पेट्रोलियम पदार्थको मूल्य सस्तो भएपछि पश्चिम तराइका रुपन्देही, कपिलवस्तु र नवलपरासीका सिमावर्ती नाकाबाट यसको अवैध निकासी हुने गरेको हो ।

सवारी साधनमा मात्र नभई ग्यालेनमा लगेर समेत सिमावर्ती भारतीय बजारमा बिक्री गर्ने र त्यहाँ प्रयोग गर्ने क्रम बढेको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com