पहिलोपटक नेपाली क्रिकेटर सन्दीपले आइपीएल खेल्ने


प्रकाशित मिति : माघ १४, २०७४ आईतबार

काठमाडौं, १४ माघ । नेपाली युवा बलर सन्दिप लामिछानेले अब भारतीय क्रिकेट टीमबाट खेल्ने भएको छ । उनी आईपीएल टिम दिल्ली डेयरडेभिल्समा आवद्ध भएका छन् ।

आईपीएल टिममा आवद्ध हुने उनी पहिलो नेपाली क्रिकेटर सन्दीपलाई आज भएको अक्सनमा किनेको हो । १७ वर्षीय नेपाली क्रिकेटर सन्दीपलाई न्यूनतम मूल्य २० लाख भारु तोकिएको थियो । दिल्लीले २० लाखमा नै उनलाई किनेको हो ।

दिल्लीको टिममा गौतम गाम्भीरदेखि ग्लेन म्याक्सवेल, ट्रेन्ट बोल्ट, पृथ्वी शाह समेत छन् । दिल्लीले १७ वर्षीय लेग स्पीनरलाई टिममा स्वागत गर्दै ट्वीट गरेको छ(आईपीएलको इतिहासमा पहिलो नेपाली खेलाडी ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com