Follow @khasokhasmag

आज वाम गठबन्धनको संयुक्त कार्यदल बैठक बस्दै


प्रकाशित मिति : माघ १४, २०७४ आईतबार

 

माघ १४, काठमाडौं– प्रदेश सरकार गठनका विषयमा छलफल गर्न बाम गठवन्धनको कार्यदल बैठक आइतबार अपरान्ह बस्दैछ । आजको बैठकमा ६ वटा मुख्यमन्त्रीको टुङगोे लगाउने नेताहरुको तयारी छ । अहिलेसम्म एमाले माओवादीबीच मुख्यमन्त्री र सभामुख पदको भागबण्डा मिलिसकेको छैन ।
सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यलयमा दिउँसो ३ वजे बस्ने बैठकमा प्रदेश सरकार गठन र पार्टी एकता प्रक्रियाबारे छलफल हुने कार्यदलका सदस्य तथा एमाले नेता सुरेन्द्र पाण्डेले बताए ।
पाण्डेका अनुसार कार्यदलभित्र मुख्यमन्त्री पहिला टुङग्याउने गरी छलफल सुरु भएकाले सम्भवत आज उक्त विषयको टुङगो लाग्नेछ ।
प्रदेश २ बाहेकका प्रदेशमा स्पष्ट बहुमत पाएका बाम गठबन्धनले ती प्रदेशमा सरकार गठनको तयारीका लागि मुख्यमन्त्री, मन्त्रीका विषयमा भागबण्डा मिलाउने प्रयास गरेका हुन् ।
बाम गठबन्धनले सरकार बनाउने ६ वटा प्रदेशमा एक दलले मुख्य मन्त्री पाए अर्को दलले सभामुख पाउने गरि छलफल सुरु भएपनि सहमति हुन सकेको छैन ।

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com