फेसबुक हाम्रो लागि खतरा बन्दै


प्रकाशित मिति : माघ १३, २०७४ शनिबार

सोसल मिडिया साइटहरु निकै हानिकारक छन्, खासगरी किशोर किशोरीहरुक लागि
यदी तपाईं धेरै फेसबुक चलाउनुहुन्छ भने ख्याल गर्नुहोस् किनभने एउटा नयाँ अध्ययनले धेरै फेसबुक चलाउनेहरुलाई डिप्रेसन हुने खतरा रहने देखाएको छ । उक्त अध्ययनका अनुसार फेसबुकमा धेरै समय विताउनेहरुले आफ्नो जीवनसँग र फेसबुकमा रहेका आफ्ना साथीहरुको जीवन र उपलब्धीसँग तुलना गर्न थाल्छन् जसले गर्दा उनीहरु डिप्रेसनको सिकार बन्न पुग्छन् ।

अध्ययनकर्ताहरुले यसरी आफ्नो जीवनको सामाजिक तुलना गर्नेहरुमा डिप्रेसनको लक्षण देखिने बताएका छन् ।
हाउस्टन विश्व विद्यालयमा विद्यावारिधी गर्न लागेकी माई ली स्टीर्सका अनुसार उनले फेसबुकमा गरिने जीवनको सामाजिक तुलनाले मानिसको मानसिक स्वास्थ्यमा पार्ने असरबारे दुईवटा अध्ययन गरेकी थिइन् । ‘दुवै अध्ययनले फेसबुकमा आफ्नो जीवनको सामाजिक तुलना गर्नेहरु डिप्रेसनमा पर्ने गरेको देखाएको थियो,’ उनले भनिन् ।
स्टीरका अनुसार फेसबुक चलाउँदैमा कसैलाई डिप्रेसन नहुने तर लामो समय फेसबुक चलाउने र आफ्नो जीवनलाई अरुसँग तुलना गर्नेहरुमा भने डिप्रेसनका लक्षण देखापर्ने जानकारी दिइन् ।
पहिलो अध्ययनमा फेसबुक चलाउने समय र मानिसमा लिङ्गको आधारमा हुने प्रभावको बारेमा अध्ययन गरिएको थियो । दोस्रो अध्ययनमा भने जीवनको सामाजिक तुलना गर्नेहरु र फेसबुक चलाउने समयका आधारमा प्रभावको बारेमा अध्ययन गरिएको थियो ।
स्टीरका अनुसार भावनात्मक समस्या हुने मासिनहरुमा यस्तो लक्षण अझ बढी देखिने बताए ।
यो अध्ययन साइन्स एण्ड क्लिनिकल साइकोलोजी नामक जर्नलमा प्रकाशित गरिएको थियो ।
यो पनि हेर्नुहोस

फेसबुक र गुगलको इन्टरनेट एकाधिकारले नविन आविष्कारको दिशामा अड्चन पैदा गरेको र सोसल मिडिया कम्पनीहरुले विश्वमा प्रजातन्त्रको कार्यान्वयनमा नकारात्मक असर पूर्याउने एकजना अर्बपति लगानीकर्ताले दाबी गरेका छन् ।
स्विजरल्याण्डको डाभोसमा चलिरहेको वर्ल्ड इकोनोमिक फोरममा मन्तव्य दिँदै अर्बपति लगानीकर्ता जर्ज सोरोसले यस्तो बताएका हुन् ।
साथै उनले अमेरिकाका ठूला सूचना प्रविधि कम्पनीहरुको दिनगन्ती सुरु भैसकेको पनि जिकिर गरेका छन् ।
हंगेरीमा जन्मिएका अमेरिकी अर्बपति सोरोसले भनेका छन्, ‘सोसल मिडिया कम्पनीहरुले मानिसहरुलाई थाहै नदिइकन उनीहरुको सोँचाई र व्यवहारमा प्रभाव पारिरहेका हुन्छन् । यसले प्रजातन्त्रको कार्यान्वयन, खासगरी निर्वाचनको विश्वसनीयतामा नकारात्मक असर पारेको छ ।’
सन् २०१६ को अमेरिकी राष्ट्रपतिय चुनावमा रुसी प्रभाव पार्नका लागि फेसबुक र ट्विटर जस्ता सोसल मिडियाको प्रयोग भएको भनी आलोचना भैरहेका बेला अर्बपति सोरोसले यस्तो दाबी गरेका हुन् ।

विश्वमा प्रजातन्त्र र मानवअधिकारमा सहयोग गर्नका लागि ओपन सोसाइटी फाउन्डेसन नामक संस्थाको स्थापना समेत गरेका सोरोसले सोसल मिडिया कम्पनीले प्रयोगकर्ताहरुलाई आफुले प्रदान गर्ने सेवाहरुको लतमा फसाउने गरेको पनि उनको आरोप छ ।
‘सोसल मिडिया साइटहरु निकै हानिकारक छन्, खासगरी किशोर किशोरीहरुका लागि’, उनले भने ।
सोसल मिडिया कम्पनीहरुले मानिसलाई उनीहरुको स्वायत्तता त्याग्नका लागि बाध्य पार्ने प्रयास गर्नु सबैभन्दा खतरनाक जोखिम रहेको उनले बताए ।
अमेरिकी इन्टरनेट कम्पनीहरुको दबदबा छिटै अन्त्य हुने र नियमन तथा कर प्रणालीको सुदृढीकरणबाट ती नियन्त्रणमा आउने उनको भनाइ छ ।
साथै उनले अमेरिकी राष्ट्रपति ट्रम्पको प्रशासन विश्वका लागि खतराको रुपमा रहेको पनि बताएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com