कारबाट थुतेर महिलाको बलात्कार


प्रकाशित मिति : माघ १२, २०७४ शुक्रबार

गत आईतबार मध्यरात, भारतको गरगाँउ सहरमा मदिरा सेवन गरेका यूवाहरुको एक समूहले २२ बर्षिया एक महिलालाई रोकिराखेको कारबाट झिकेर बलात्कार गरेका छन् । यो घटनामा संलग्न चारै जनाले मदिरा सेबन गरेका थिए । उनीहरुले महिलासँगै भएका महिलाका श्रीमान र नातेदारहरुलाई समेत हातपात गरेका थिए ।

सोमबार, प्रहरीले अभियुक्त र उसका तीन सहयोगीहरुलाई गिरफ्तार गरेको र सोधपुछ गरिरहेको जनाएको छ । दश दिन यता हरियाणामा गरिएको रिपोर्ट अनुसार यो बलात्कारको घटना मध्ये दशौ हो भने गरगाँउको चौथो हो । प्रहरीका अनुसार यो घटना गत आइतबार राती २०० एफ. टि. रोड सेक्टर ५७ मा विजनेस पार्कको पछाडि घटेको थियो । पीडित महिला आफ्नो श्रीमानसँग दक्षिण सहरमा एक भाडाको घरमा बस्दै आएकी छन् ।

पीडित महिलाले प्रहरीसामु यसरी पीडा पोख्छिन्, ‘उनी श्रीमानसहित तिघ्रा गाँउमा ठूलो दाजुको घरमा बेलुकीको खाना खान करिव ७ बजे तिर पुगेका थिए । खाना खाईसके पछि, धेरै ढिला भैसकेकोले दाजुले घर पु–याउने ब्यबस्था गरिदिए । कारमा भतिज सहित ६ जना सवार थियौं । जेठाजुको घरबाट हिडेको करिव १५ मिनेट पछि, २०० एफ. टि. रोड सेक्टर ५७ मा विजनेस पार्कको पछाडि मेरो श्रीमानले पिसाब गर्नका लागि कार रोक्नुभयो । सवै कारबाट झरे । त्यसैबेला दुई वटा कार आएर हाम्रो कारको नजिकै रोकिए । ति दुवै कारमा दुई–दुई जना पुरुषहरु थिए । तिनिहरु मदिरा सेवन गरे जस्तै लाग्थे र भतिजसँग किन यहाँ गाडि रोकेको भनि बिवाद गर्न थाले । त्यसपछि, मेरो श्रीमान पनि आईपुगे अनि त्यो बिवादमा सामेल भए ।’

उनी थप्छिन्, ‘केहि मिनटमै उनीहरुले श्रीमान र भतिजलाई कुट्न थाले । म कार भित्रै बसिरहेकी थिए । त्यसैबिच एक जनाले मलाई देख्यो र जबरजस्ती तानेर बाहिर लग्यो । उसको एक जना साथिले मलाई छोडिदिन भन्यो । तर उसले मानेन र मलाई घिसार्दै नजिकैको झाडीतिर लग्यो । जाहाँ मलाई बेस्सरी पिट्यो र बलात्कार ग–यो । त्यसपछि तुरुन्तै उसका सहयोगिहरु कारमा चढेर भागे तर त्यो बलात्कारी भने झाडीमै लुक्यो । पछि मेरो श्रीमानले प्रहरीलाई खबर गर्नुभयो । धन्न उहाँले कार नम्बर याद गर्न समेत भ्याउनु भएछ’ पिडितले आफ्नो बयानका क्रममा भनेकी छन् ।

उनको उजुरीको आधारमा सेक्टर ५६ मा रहेको प्रहरीले राति नै मुद्दा दर्ता गराएको छ । प्रहरीले चारै जनालाई गाउँमा लुकेर बसेको अवस्थामै सोमबारनै पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जोलाका गाँउका २२ बर्षिया सन्जित, २५ बर्षिया धर्मेन्दर, २३ बर्षिया देशबिर र २६ बर्षिया पवन रहेका छन् । “मुख्य अभियूक्त चाँहि सन्जित हो, जसले अपराध कबुल गरिसकेको छ । ति अभियूक्तहरुले अपराधका बेला निकै धेरै मदिरा सेवन गरेका थिए । र हामि थप अनुसन्धान गरिरहेका छौ ।’, प्रहरी निरिक्षक अरविन्द कुमार बताउँछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com